Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राजनीतिक दल र जेनजी प्रतिनिधिसँग आज संयुक्त छलफल गर्दै प्रधानमन्त्री

राजनीतिक दल र जेनजी प्रतिनिधिसँग आज संयुक्त छलफल गर्दै प्रधानमन्त्री

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, राजनीतिक दल र जेनजी आन्दोलनबीच पहिलोपटक संयुक्त वार्ता हुन लागेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने छन् । यसअघि प्रधानमन्त्री कार्कीले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरेकी थिइन्।

सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमतिको वातावरण बनाउन वार्ता प्रक्रिया तीव्र पारेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077