Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वर्षको शुभकामना दिँदै पूर्वप्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय हितका लागि सबै मिलेर अघि बढौँ

नयाँ वर्षको शुभकामना दिँदै पूर्वप्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय हितका लागि सबै मिलेर अघि बढौँ

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गरेकी हुन् । 

आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन् । उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन् ।

नयाँ वर्ष २०८३ को शुभकामना दिँदै उनले फेसबुकमार्फत भनेकी छन्- 'बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ।' 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077