Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कलाकारहरूलाई पशुपति शर्माको सुझाव - विदेशी कार्यक्रम अघि सोचेर बुझेर जानुहोस्

कलाकारहरूलाई पशुपति शर्माको सुझाव - विदेशी कार्यक्रम अघि सोचेर बुझेर जानुहोस्

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । चर्चित गायक पशुपति शर्माले विदेशमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रमहरूमा सहभागी हुनुअघि कलाकारहरूले सजग रहन सुझाव दिएका छन् ।

शर्माले फेसबुक स्टाटसमार्फत लेख्दै भनेका छन्, 'बिदेश कार्यक्रम जाँदा कलाकार साथीहरूले सोचेर बुझेर जाउन्। अहिले चर्चा भएका केही कार्यक्रम मैले सम्झौता भइसकेपछि पनि केहि समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ।'

उनको भनाइ हाल विदेशमा भइरहेका नेपाली सांगीतिक कार्यक्रमहरूमा देखिएका व्यवस्थापकीय कमजोरी, असहज व्यवहार र विवादित घटनाहरूसँग जोडिएको टिप्पणीका रूपमा लिइएको छ।

हालै गायिका एलिना चौहानले अमेरिका कार्यक्रममा आयोजकबाट राम्रो व्यवहार नभएको अनुभव सार्वजनिक गरेकी थिइन्, जसपछि कलाकारहरूका विदेश भ्रमण र प्रस्तुति व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077