Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भट्टचनलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

भट्टचनलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ। ठगी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा भट्टचनलाई मंगलबार पक्राउ गरेको थियो ।

ठाकुरप्रसाद मानन्धर लगायतले जाहेरी दिएपछि सीआईबीले कुसुम लामासमेत माथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गरेको थियो। कुसुम पनि गत असोज १० गते पक्राउ परि छुटेकी थिइन।

कुसुमकै बयानका आधारमा भट्टचन पक्राउ परेका सीआईबीका एक अधिकारीले वताए। प्रभु रेमिटेन्स र प्रभु सहकारीका नाममा संकलित रकम मुख्य सञ्चालक देवीप्रकाश भट्टचनले हिनामिना गरेको उजुरी परेपछि सीआईबीले अनुसन्धानका लागि भट्टचनलाई पक्राउ गरेको थियो ।

दुवै कम्पनीका मुख्य सञ्चालक देवीप्रकाश भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत विप्रेषणको कारोबार गर्ने सम्झौता गरेकी थिइन्।
उनीहरुले नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली विपरित काम गरेको आरोप लाग्दै आएको थियो।

प्रभु म्यानेजमेन्ट प्रालिको सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गरेका थिए।

तर, प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष देवीप्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको अनुसन्धानका क्रममा खुलेको थियो।

देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट उजुरी परेपछि भट्टचनको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077