Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी आन्दोलनमा शीतल निवासमा तोडफोड गर्ने ३ जना पक्राउ

जेनजी आन्दोलनमा शीतल निवासमा तोडफोड गर्ने ३ जना पक्राउ

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका-१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरी भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077