Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब कमरेड ओलीसहित खनाल, नेपाल र प्रचण्डले रिटायरमेन्ट लिनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ : वामदेव गौतम

अब कमरेड ओलीसहित खनाल, नेपाल र प्रचण्डले रिटायरमेन्ट लिनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ : वामदेव गौतम

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिँदै अन्ततः सबै कम्युनिस्ट शक्तिलाई एउटै पार्टीमा एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन् । उनले भने, 'हामीले बुझेर जानुपर्छ, सबै पार्टीहरूसँग, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ। अब हामी यहाँबाट अगाडि बढ्छौं, त्यहाँभित्र विद्रोह हुन्छ।'

उनले माओवादी केन्द्रसँगको संभावित एकतालाई 'कम्युनिस्ट एकताको ठूला यात्राको प्रारम्भिक चरण' भन्दै अन्ततः नेकपा एमालेसम्म पुग्ने दीर्घकालीन लक्ष्य राख्नुपर्नेमा जोड दिए।

गौतमले भने, 'हामी एक दिन सबै एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर छोड्नेछौं।' बैठकमा उनले पार्टी नेतृत्वमा पुस्ता परिवर्तनको आवश्यकता पनि उठाए। आफ्नो भूमिकाबारे संकेत गर्दै उनले भने, 'म जुनसुकै बेला हट्न तयार छु।'

त्यसक्रममा उनले शीर्ष नेताहरूलाई समेत सुझाव दिँदै भने—'अब कमरेड झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड र केपी ओली सबैले रिटायरमेन्ट लिनुपर्छ। नयाँ नेतृत्व आउनुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077