Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले गर्‍यो वामदेव नेतृत्वको पार्टी खारेज

निर्वाचन आयोगले गर्‍यो वामदेव नेतृत्वको पार्टी खारेज

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरिएको छ ।

गौतम स्वयंले दर्ता खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

नेकपा एकीकृत समाजवादी हुँदै पुनः नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा उक्त दल खारेज गराउन निवेदन दिएका थिए ।

निर्वाचन आयोगले गौतमको निवेदन स्वीकृत गर्दै पार्टी खारेज गरेको जनाएको छ । त्यससँगै आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको समेत जानकारी दिएको छ ।

यस निर्णयसँगै हाल निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको कुल संख्या १२५ कायम भएको आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077