Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले पार्टी खोल्दैनन्, गृहमन्त्रीको राजीनामा पनि मागेका छैनन् : प्रधानमन्त्री कार्की

बालेनले पार्टी खोल्दैनन्, गृहमन्त्रीको राजीनामा पनि मागेका छैनन् : प्रधानमन्त्री कार्की

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न दबाब दिएको खुलेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनले ओली र लेखकलाई कारवाही गर्न दबाब दिएको बताएकी हुन् ।

उनले भनिन्, 'बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुन देखाउँछौँ ।'

यस्तै प्रधानमन्त्री कार्कीले बालेनले आफ्ना नसुन्ने गरेको गुनासो गरिन् । बालेनको प्रसंगमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ, मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन ।’

सम्पादकहरूको जिज्ञासामा शुक्रबार साँझ प्रधानमन्त्रीले भनिन्, ‘बालेनसँग ५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । साथै प्रधानमन्त्री कार्कीले बालेनले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077