Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

धनगढीबाट काठमाडौंका लागि उडेको विमान भैरहवामा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको विमान भैरहवामा आकस्मिक अवतरण

शनिवार , कार्तिक १५, २०८२

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण भएको छ ।

धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि भैरहवा विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् । उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान जादैछ ।

अवतरण गर्ने क्रममा विमानको अगाडिको ल्यान्डिङ्ग गियर नखुलेकोले धानवमार्गमा रोकिएको थियो । साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077