Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाली गितारवादक न्यौपानेले टर्कीमा दिए दमदार प्रस्तुति, संगीतले जित्यो सबैको मन !

नेपाली गितारवादक न्यौपानेले टर्कीमा दिए दमदार प्रस्तुति, संगीतले जित्यो सबैको मन !

सोमवार , कार्तिक १७, २०८२

काठमाडौँ । नेपालका प्रतिभाशाली गितारवादक समीप न्यौपानेले टर्कीमा सम्पन्न ‘गोल्डेन किड्स इन्टरनेसनल’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको गौरवपूर्ण प्रदर्शन गरेका छन् ।

नेपालकी नेसनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी भएका न्यौपानेले गितारको तारमा नेपाली संगीतको आत्मा झल्काउने प्रस्तुति दिएका हुन् ।

उनले प्रस्तुत गरेको धुनले कार्यक्रमस्थलमा उपस्थित दर्शक र निर्णायक मण्डललाई मन्त्रमुग्ध बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र मौलिकतालाई उजागर पनि गर्‍यो ।

कार्यक्रममा विभिन्न देशका बालबालिका र युवाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । तीमध्ये समीपको प्रस्तुति प्राविधिक दृष्टिले परिपक्व र भावनात्मक अभिव्यक्तिले भरिएको भन्दै निर्णायकहरूले प्रशंसा गरे।

निर्णायक मण्डलका सदस्यहरूले उनलाई ‘भविष्यका अन्तर्राष्ट्रिय कलाकार’ को रूपमा व्याख्या गर्दै गिटारमा उनको ताल, धुन र मौलिक शैलीको उच्च प्रशंसा गरे।

आयोजकहरूका अनुसार, समीपको प्रस्तुतिमा अनुशासन, आत्मविश्वास र कला भरिएको थियो । नेपालकी नेसनल डायरेक्टर प्रमिला सिलवालले समीपप्रति गर्व व्यक्त गर्दै भनिन्, 'समीपजस्ता प्रतिभाशाली बालक नेपालका उज्यालो भविष्य हुन्। उनले आफ्नो प्रतिभामार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने काम गरेका छन्, जसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।'

आफ्नो प्रस्तुति पश्चात् समीपले भने, 'टर्कीमा गएर नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो। यो अवसरले मलाई नेपाली संगीतलाई विश्वमञ्चमा पुर्‍याउने प्रेरणा दिएको छ। भविष्यमा अझ धेरै सिक्दै नेपाली संगीतलाई ठूलो स्तरमा पुर्‍याउने मेरो लक्ष्य छ।'

समीप बाल्यकालदेखि नै संगीतप्रति अत्यन्तै आकर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077