Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीबाट लुटिएको ग्यास गनसहित २१ वर्षीय युवक पक्राउ

प्रहरीबाट लुटिएको ग्यास गनसहित २१ वर्षीय युवक पक्राउ

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं। जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका-१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। ढुंगानालाई बिहीबार काठमाडौं महानगरपालिका-३२ सहयोगीनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ढुंगानालाई मल्टी ग्यास गन एक थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गार्डसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उक्त हतियार कुन प्रहरी कार्यालयबाट लुटिएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

ढुंगानालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077