Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएका स्वचालित हतियारसहित पठाओ राइडर पक्राउ

जेनजी आन्दोलनमा लुटिएका स्वचालित हतियारसहित पठाओ राइडर पक्राउ

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का २८ वर्षीय शिवराज धमला रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। धमला पठाओ राइडरका रूपमा पनि कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा एसपी काजिकुमार आचार्यका अनुसार धमलाको साथबाट स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद गरिएको छ।

प्रहरीका अनुसार ती हतियारहरू भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका थिए।

आन्दोलनका क्रममा प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएका थिए भने तीमध्ये करिब ५ सयभन्दा बढी हतियार अझै बेपत्ता रहेको बताइएको छ।

पक्राउ परेका धमलालाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयमै राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077