Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीबाट लुटिएको टाइप-५४ चाइनिज पेस्तोल हनुमन्ते खोला किनारमा फेला

प्रहरीबाट लुटिएको टाइप-५४ चाइनिज पेस्तोल हनुमन्ते खोला किनारमा फेला

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल फेला परेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-५ स्थित टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा टाइप-५४ चाइनिज पेस्तोल फेला परेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।

उक्त पेस्तोल जेनजी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको अनुसन्धानबाट थाहा भएको छ ।

पेस्तोल कुन युनिटको हो भन्नेबारे यकिन गर्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077