Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वचालित दुई पेस्तोल र गोलीसहित एकजना पक्राउ

स्वचालित दुई पेस्तोल र गोलीसहित एकजना पक्राउ

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रपुरस्थित देउराली चोकबाट शनिबार स्वचालित दुई पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले उनका साथबाट इटालीमा निर्मित दुई पेस्तोल, त्यसका दुई म्याग्जिन, १३ राउन्ड गोली र एकथान खुकुरी बरामद गरेको छ ।

बरामद पेस्तोल तथा अरू सामानसहित उनलाई आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077