Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङबाट पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ

मोरङबाट पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ

मंगलवार , माघ २७, २०८२

मोरङ। पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । 

उनीहरूको साथबाट ‘मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, भरुवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान र ‘बीएओएफईएनजी’ लेखिएको हेन्डसेड २ थान बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारी मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, सिलास लिम्बुको घरमा हातहतियार लुकाइराखेको सूचनाको आधारमा प्रहरी टोली उनको घरमा पुगेको थियो।  लिम्बुले ती हतियार गुरुङबाट लिएको बताएपछि उनलाई समेत पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय बेलघारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077