Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाखुसीबाट प्रहरीबाट लुटिएको टाइप-५४ पेस्तोलसहित एक पक्राउ

सामाखुसीबाट प्रहरीबाट लुटिएको टाइप-५४ पेस्तोलसहित एक पक्राउ

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भोजपुर दोभान गाउँपालिका घर भई हाल काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राई रहेका छन्।

उनलाई सामाखुसी चोकबाट शनिबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

राईको कोठा तलासी लिँदा प्रहरीको टाइप-५४ पेस्तोल, सात थान गोलीसहितको म्यागजिन बरामद भएको भट्टराईले बताए।

उनी प्रहरी वृत्त महाराजगन्जको भवन आगजनी, लुटपाट तथा प्रहरीमाथि आक्रमणमा संलग्न रहेको प्रहरीले जनाएको छ।

उक्त पेस्तोल कुन प्रहरी कार्यालयको हो भन्ने खुलेको छैन । राईलाई आइतबार जिल्ला अदालत काठमाडौंबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राख्ने अनुमति लिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077