Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

माइकल चन्दको सपनाको फिल्म ‘राम नाम सत्य’को चितवनमा छायाकंन सुरु

माइकल चन्दको सपनाको फिल्म ‘राम नाम सत्य’को चितवनमा छायाकंन सुरु

शुक्रवार , कार्तिक २१, २०८२

चितवन । पूर्वी चितवनको रत्न नगरबाट चर्चित चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ ।

सो अवसरमा चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी ले रत्न नगर जिरौना स्थित धर्म धाम कृष्ण मन्दिर बाट छायाङ्कनको शुभारम्भ गरेका हुन् । चलचित्रका झन्डै ८० प्रतिशत दृश्य चितवनकै विभिन्न लोकेशनमा छायाङ्कन हुने बताइएको छ ।

कार्यक्रममा युवा व्यवसायी अर्जुन सुनार र पर्यटन व्यवसायी रामेश्वर शाह पनि विशेष उपस्थित रहनु भएको थियो । एसपी पुरीले कार्यक्रममा फिल्ममार्फत चितवनको पर्यटन र सांस्कृतिक पहिचानलाई अझ उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चलचित्र म्युजिक भिडियो निर्देशक माइकल चन्द द्वारा लिखित पटकथा र निर्देशनमा निर्माण हुँदैछ। लाइन प्रोड्युसर राजेन्द्र आचार्यका अनुसार, यस फिल्मले चितवनलाई फिल्म सिटी का रूपमा चिनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

चलचित्रमा बिराज भट्ट मुख्य भूमिकामा छन् । चलचित्र आगामी वर्ष २०८३ चैत २७ मा रिलिज हुने योजनामा छ । धार्मिक विधिअनुसार ललितपुरमा शुभ साइत पूजा गरी छायाङ्कन सुरु गरिएको थियो ।

चलचित्रमा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुसी कार्की, सुनिल थापा, प्रशान्त ताम्रकार, कनिज कोइराला, रवि गिरी र दिनेश डिसीले अभिनय गर्नेछन् ।

साथै, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पूजन लामिछाने विशेष भूमिकामा डेब्यु गर्दैछन् । फिल्म उपेन्द्र शाही र श्वेता विमली द्वारा निर्माण हुँदैछ भने किशोर भट्ट र डीआर उपाध्याय कार्यकारी निर्माता छन् ।

निर्देशक चन्दले भने, 'राम नाम सत्य’ मेरो सपनाको फिल्म हो । रमणीय चितवनका फरक दृश्यमार्फत यो क्षेत्रलाई साँचो अर्थमा फिल्म सिटीको रूपमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास छ।'

फिल्मको छायाङ्कन मानकृष्ण महर्जन को छायांकनमा, सम्झना राई को श्रृगार र श्री श्रेष्ठ को द्वन्द्व निर्देशनमा तयार हुँदैछ। प्रोडक्सन म्यानेजरको रूपमा समर चौलागाईँ र अनीश अधिकारी संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077