Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुखमा कालो टेप टाँसेर बाहिरिएकी झाँक्री टाउकोमा रातो फेटा बाँधेर भित्रिइन्

मुखमा कालो टेप टाँसेर बाहिरिएकी झाँक्री टाउकोमा रातो फेटा बाँधेर भित्रिइन्

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्तोसराप गरेर एकीकृत समाजवादी पार्टीमा पुगेकी रामकुमारी झाँक्री फेरि एमालेमै फर्किएकी छन् ।

तत्कालिन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा पार्टी नै फुटाएका माधवकुमार नेपालसँग मिलेर नेकपा एस गठन गर्न महत्वपूर्ण भूमिका निभाएकी झाँक्री अन्ततः ओलीकै शरणमा पुगेकी छन् ।

२०७७ माघ २८ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विरोधमा तत्कालिन नेकपाका नेताद्वय प्रचण्ड–नेपाल पक्षले राजधानीमा गरेको आमसभामा झाँक्रीले ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्।

त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन् र मुख टाँसिएको कालो टेप फाल्दै ओलीविरुद्ध भाषण गरेकी थिइन् ।

उनले टेप निकाल्दै त्यतिबेला भनेकी थिइन्–‘बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं।’ झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।

त्यतिबेला झाँक्रीले ओली कागजका बादशाह भएको दावी गर्दै उनी ढलिसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको भन्दै विरोध गरेकी थिइन् ।

यसरी कालो कपडा, कालो पट्टि र कालो टेप लगाएर ओलीको विरोध गर्दै तत्कालिन नेकपाबाट बाहिरिएकी झाँक्री आज ओलीले नै दिएको रातो फेटा टाउकोमा बाँधेर नेकपा एमाले फर्किएकी हुन् ।

सोमबार काठमाडौँको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ मार्फत उनीहरूलाई औपचारिक रूपमा पार्टीमा भित्र्याइएको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री, श्रेष्ठ लगायतका नेताहरूलाई पार्टीको झण्डा ओढाएर र खादामाला लगाएर भव्य स्वागत गरे । नवप्रवेशी नेताहरूले अध्यक्ष ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सहितका दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्री लगायतका नेताहरू असन्तुष्ट बनेका थिए । यही असन्तुष्टिका बीच उनीहरूले एमालेमा फर्कने निर्णय लिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077