Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

झाँक्रीसहित एमालेका १८ सांसद  साइबर ब्यूरोमा, उजुरी दर्ता

झाँक्रीसहित एमालेका १८ सांसद  साइबर ब्यूरोमा, उजुरी दर्ता

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका महिला सांसदहरूले किशोरीहरूमाथि बढ्दो साइबर बुलिङका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोमा सामूहिक उजुरी दिएका छन्।

एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदहरूले भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर लिखित उजुरी दर्ता गराएका हुन्।

उजुरीमा सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत किशोरीहरूलाई लक्षित गर्दै हुने साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक टिप्पणी, घृणायुक्त अभिव्यक्ति र चरित्रहत्या जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। यस्ता क्रियाकलापका कारण किशोरीहरू मानसिक उत्पीडनको सिकार भइरहेको सांसदहरूको भनाइ छ।

उनीहरूले यस्तो व्यवहारले किशोरीहरूको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउनुका साथै मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरेका छन्।

सांसदहरूले साइबर बुलिङसम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ छिटो र प्रभावकारी रूपमा छानबिन तथा अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई तत्काल सुरक्षा तथा न्याय सुनिश्चित गर्न माग गरेका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077