Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु (सूचीसहित)

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु (सूचीसहित)

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा बसेको बैठकका निर्णयहरू मंगलबार मार्फत सार्वजनिक गरेका हुन् ।

बैठकले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगमा निजामती सेवा तर्फ ४ जना र नेपाल प्रहरी तर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ र भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

यस्तै, २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने नेपाल-भारत कोअर्डिनेशनको नवौं बैठकमा सहभागी हुने सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

581893947_1006009891706868_6713242654750369269_n579255448_843142588120953_6676478863976965999_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077