काठमाडौं । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
तर, निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनीतिक दलका नेताहरूलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको उनको भनाई छ ।
वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाउदै उनले भने- 'प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदै छ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने ।'
उनले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउने भन्दा बिगार्नेतिर बढी गएको उनको भनाई छ ।
उनले थपे- 'निर्वाचनमय वातावरण बन्नुपर्छ होला नि त, त्यो वातावरण बनेको छ रु त्यसका निम्ति चाहिने चीजहरू आएर फरर आएर भनेर मात्रै हुन्छ रु त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाइँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन ।'