Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउँछ, त्यसमा कुनै शंका छैन: खगराज अधिकारी

एमालेले ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउँछ, त्यसमा कुनै शंका छैन: खगराज अधिकारी

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आउँदो महाधिवेशनबाट केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउने विषयमा कुनै शंका नरहेको बताएका छन् ।

बिहीबार धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने- '२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा, व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन । त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ ।'

असंवैधानिक बाटोबाट बनेको वर्तमान सरकारले जनादेश लिन नचाहेको उनले जिकिर गरे । एमाले चुनावसँग नडराएको समेत उनले बताए ।

अधिकारीले अगाडि भने- 'यो सरकारले चुनाव पनि गराउँदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरणजस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।'

सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा जेनजीले भदौ २३ गते गरेको शान्तिपूर्ण आन्दोलन ‘हाइज्याक’ गरिएको उनले बताए ।

साथै एमाले छाडेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका विषयमा उनले त्यसले आफ्नो पार्टीलाई कुनै क्षति नगर्ने बताए । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले नोक्सानी व्यहोरिसकेकाले थप क्षति नहुने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077