Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीलाई तुरुन्तै रिहा नगरे देशमा आगो बल्ने खगराज अधिकारीको चेतावनी

केपी ओलीलाई तुरुन्तै रिहा नगरे देशमा आगो बल्ने खगराज अधिकारीको चेतावनी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भर्त्सना गरेका छन् ।

अधिकारिले ओलीलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको कदमलाई संविधान र कानुनको भावना विपरीत रहेको बताए।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा अधिकारीले गिरफ्तारीको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै भने, 'छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग वा प्रक्रिया पूरा नगरी रातारात गरिएको यो गिरफ्तारी सरकारको प्रतिशोधको ज्वाला प्रकट गरेको छ।'

उनले स्पष्ट पारे,'यो गैरकानुनी गिरफ्तारी छ। तुरुन्त बिना सर्त रिहा हुनुपर्छ। देशलाई द्वन्द्वमा होइन, सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह छ। हामी यस कदमको कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्नेछौँ।'

उनले ओलीलाई तुरुन्त रिहा नगरे देशमा आगो बल्ने चेतावनीसमेत दिए । अधिकारीले थप भने, सरकारको यस्तो कदमले लोकतन्त्र र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको छ। यसबाट राष्ट्रिय स्थिरता र विश्वासमा गम्भीर क्षति पुग्न सक्छ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077