Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकार देशलाई चुनावतर्फ होइन, संकटतर्फ लैजाँदैछ : शंकर पोखरेल

सरकार देशलाई चुनावतर्फ होइन, संकटतर्फ लैजाँदैछ : शंकर पोखरेल

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले मुलुकलाई चुनावतर्फ नभई संकटतर्फ धकेल्दै गएको आरोप लगाएका छन् ।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले लोकप्रिय नेताहरूलाई निष्क्रिय पार्ने र संविधानविपरीतका कदम चालेर सरकारले देशलाई अस्थिरतातर्फ लैजाने प्रयास गरिरहेको बताए।

‘लोकप्रिय पार्टीका नेतालाई स्थान हद गरेर चुनाव हुने होइन, मुलुकमा संकट निम्तिन्छ,’ उनले भने, ‘यो सरकार देशलाई चुनावको बाटो होइन, संकटको खाल्डोमा धकेल्दै छ।’

महासचिव पोखरेलले देशको अहिलेको संकट समाधान गर्ने एकमात्र उपाय प्रतिनिधि सभाको पुनर्स्थापना भएको बताए । उनका अनुसार पुनर्स्थापित संसद्ले संविधानलाई सही बाटोमा ल्याउँदै युवाहरूका माग सम्बोधन गर्न सक्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077