Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बजेट भाषणमा विकास र समृद्धिका ठुला कुरा धेरै सुनिए, तर वास्तविकता निकै फरक देखियो : शंकर पोखरेल

बजेट भाषणमा विकास र समृद्धिका ठुला कुरा धेरै सुनिए, तर वास्तविकता निकै फरक देखियो : शंकर पोखरेल

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई “सुनिने बजेट र देखिने बजेट” भन्दै आलोचना गरेका छन्।

बजेट भाषणमा ‘विकास’ र ‘समृद्धि’का ठूला नारा प्रस्तुत भए पनि वास्तविक विनियोजनले त्यसलाई अस्वीकार गरेको उनको टिप्पणी छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले बजेटको भाषण र व्यवहारबीच आकाश–जमिनको अन्तर रहेको दाबी गरेका छन्।

उनका अनुसार विकास आयोजनाहरूको बजेट अघिल्लो वर्षको तुलनामा घटाइएको छ भने साधारण खर्च घटाउने भनिए पनि उल्टै वृद्धि गरिएको देखिन्छ। यसले सरकारको आर्थिक प्राथमिकता गलत दिशामा गएको उनको आरोप छ।

पोखरेलले ‘जेनजी विद्रोह’को जगमा बनेको दाबी गर्ने सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट नै कटौती गर्नु विरोधाभाषपूर्ण भएको बताएका छन्। त्यस्तै, विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाइनुले नीति र व्यवहार मेल नखाएको उनको भनाइ छ।

उनले कृषि र वन क्षेत्रको बजेट कटौतीले सरकार उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रतर्फ नभई रेमिटेन्स–आधारित अर्थतन्त्रलाई नै निरन्तरता दिने दिशामा अघि बढेको संकेत गरेको टिप्पणी समेत गरेका छन्।

समग्रमा, पोखरेलले बजेटलाई नारा धेरै तर प्राथमिकता कमजोर रहेको दस्तावेजको रूपमा मूल्यांकन गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077