Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा खैरो हेरोइनसहित दुई युवा पक्राउ

कैलालीमा खैरो हेरोइनसहित दुई युवा पक्राउ

शनिवार , कार्तिक २९, २०८२

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, गेटा क्षेत्रबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

शुक्रबार राति लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गोदावरी–५ गेटाका विजय बिष्ट, गोदावरी–१ बिजौराका राज चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार से.६प ७५९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिको शर्टको खल्तीमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने ५ ग्राम ७५० मिलिग्राम अवैध पदार्थ फेला परेको थियो ।

उनीहरूले लागुऔषध लुकाइ–छिपाइ बोकिरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077