Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनकारीबाट आफूमाथि सुरक्षा चुनौती रहेको मधेशका मुख्यमन्त्रीको खुलासा

आन्दोलनकारीबाट आफूमाथि सुरक्षा चुनौती रहेको मधेशका मुख्यमन्त्रीको खुलासा

शनिवार , कार्तिक २९, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई गम्भीर सुरक्षा चुनौती उत्पन्न भएको बताएका छन् ।

शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आन्दोलनकारी समूहबाट खतरा रहेको भन्दै सुरक्षा निकाय आफैंले विशेष सतर्कता अपनाउन सुझाव दिएको खुलासा गरेका हुन् ।

मुख्यमन्त्री यादवका अनुसार सुरक्षा एजेन्सीले हालको परिस्थितिलाई संवेदनशील भन्दै अत्यावश्यक कार्यक्रमबाहेक अन्य गतिविधि न्यून गर्न अनुरोध गरेको छ।

उनले भने-'सुरक्षा निकायकै रिपोर्टिङअनुसार, मुख्यमन्त्रीज्यू, विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो, सीमित कार्यक्रमहरू राख्नुपर्‍यो भनेर आएपछि मैले यो कुरा कसलाई भन्ने ?'

यादवले आफूलाई पहिचान गरिएको सुरक्षा खतरा आन्दोलनकारी समूहबाटै रहेको बताउँदै प्रदेशकै समग्र राजनीतिक वातावरण असुरक्षित मोडमा पुगेको संकेत गरे। उनले भने-'सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन, आन्दोलनकारीबाटै हुन्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077