Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आईजीपीसँगको भेटमा महासंघका पदाधिकारीले भने–निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही होस्

आईजीपीसँगको भेटमा महासंघका पदाधिकारीले भने–निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही होस्

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भदौ २३ र २४ गते भएको आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर हुनुका साथै समग्र आर्थिक क्रियाकलापमै नकारात्मक असर परेको बताएका छन् ।

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई भेट्न महासंघको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रहरी हेडक्वार्टर पुगेका अध्यक्ष ढकालले जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको बताउँदै घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता नलिने तथा आवश्यक कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न सक्ने चेतावनी दिए।

महासंघले नेपाल प्रहरीसँग जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न आग्रह समेत गरेको छ।

महासंघका पदाधिकारीहरूको टोलीले आइतबार आईजीपी कार्कीलाई भेट गर्दै आन्दोलनको नाममा भइरहेका गलत गतिविधिले निजी क्षेत्रलाई ठूलो क्षति पुगेकाले तिनको अनुसन्धान गरी दोषीमाथि कानूनी प्रक्रिया अघि बढाउन माग गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077