Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्: अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्: अध्यक्ष ढकाल

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहस २.० मा लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

अध्यक्ष ढकालले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउनेसमेत बताए ।

उनले भने- 'के रोजगारी सिर्जना गर्नु, राजश्व बुझाउनु राज्यका लागि पनि महत्त्वपूर्ण होइन र ? आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही भएन भने दण्डहीनता मौलाउँछ । कुनै पनि नाममा यसलाई प्रश्रय दिइनु हुँदैन । आज यो कार्यक्रम आयोजना गरी यसमा सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरू, मुख्य सचिवज्यू, गभर्नरज्यू एवं उच्च सरकारी अधिकारीज्यूहरूलाई आमन्त्रण गर्नुको मुख्य उद्देश्य पनि पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सबैले प्रयास गरौँ भन्ने हो ।'

विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग उनले राखे ।

अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठुलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077