Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक: जेनजी आन्दोलनका २४ सय बढी घाइतेलाई जनही १५ हजार राहत दिइने

मन्त्रिपरिषद् बैठक: जेनजी आन्दोलनका २४ सय बढी घाइतेलाई जनही १५ हजार राहत दिइने

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार भन्दा बढी घाइतेहरुलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।

त्यस्तै उपल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्ने विदेशी नागरिकका लागि पदयात्रा दस्तुर प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुने गरी अध्यागमन नियमावली संशोधन गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यसैगरी सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077