Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फा कार्यालय अगाडि ए डिभिजन क्लबको धर्ना

एन्फा कार्यालय अगाडि ए डिभिजन क्लबको धर्ना

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् ।

लिगका सबै प्रतियोगिता समयमै गर्न ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग राख्दै एन्फा गेट अगाडि धर्ना दिएका हुन् ।

एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरूलाई छलफलमा बोलाएको थियो । तर क्लबहरू भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका छन् ।

क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्‍चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो ।

उनीहरूको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरू तैनाथ गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077