Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सरकार र बन्चरेडाँडाबासीबीच ११ बुँदे सहमति, अवरोध हट्यो

सरकार र बन्चरेडाँडाबासीबीच ११ बुँदे सहमति, अवरोध हट्यो

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । लामो समयदेखि रोकिएको फोहोर ढुवानी अब सहज हुने भएको छ । सरकार र बन्चरेडाँडाबासीबीच सहरी विकास मन्त्रालयमा बिहीबार सम्पन्न छलफलमार्फत ११ बुँदे सहमति भएपछि अवरोध हटेको हो ।

सहमतिअनुसार बन्चरेडाँडा क्षेत्रमा विगतमा स्थानीयविरुद्ध चलाइएका मुद्दाका सम्बन्धमा सरकारले छिटो निर्णय गरेर पत्राचार गर्ने प्रतिवद्धता जनाएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका बन्चरेडाँडा क्षेत्रका दुई स्थानीय तहलाई दिँदै आएको ३र३ करोड रुपैयाँ अनुदान वृद्धि गरी ६र६ करोड पुर्याउने निर्णय गरिएको छ।

आगामी आर्थिक वर्षदेखि उक्त अनुदानमा बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न महानगरलाई सिफारिस गर्ने सहमति भएको छ।

यसबाहेक तीनपिप्ले–कुमरी–गल्छी सडकलाई चालु आर्थिक वर्षमै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त थाल्ने सहमति पनि भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077