एजेन्सी । ब्राजिलको बेलेममा रहेको संयुक्त राष्ट्र संघको कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी भएको छ । आगलागीमा १३ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार दिउँसो २ बजे सम्मेलन हल भित्रको मण्डपमा आगलागी भएको थियो।
त्यतिबेला मण्डपमा १९० भन्दा बढी देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार र कार्यकर्ताहरू भेला भएका थिए।
आगलागीले हजारौं मानिसहरूमा त्रास फैलाएको थियो। घटनास्थलबाट प्राप्त भिडियो र तस्बिरहरूमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिएको छ ।