Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गायिका आत्महत्या प्रकरण: गायक बाबुल गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा

गायिका आत्महत्या प्रकरण: गायक बाबुल गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । गायिका नितु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् ।

उनी काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चात्ताप गरेका थिए । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको बताइएको छ ।

बाबुल र नीतु केही समयदेखि प्रेममा रहेका थिए । तर, बाबुलले विवाह गर्न अस्वीकार गरेको भन्दै नीतुले अनामनगरस्थित बाबुलकै स्टुडिओमा कात्तिक १ गते पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन । सो घटनापछि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएका उनको कात्तिक ७ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।

पौडेलको निधनपछि गायक गिरी आफैँ जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077