Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गायक बाबुल गिरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा प्रहरीमा उजुरी

गायक बाबुल गिरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा प्रहरीमा उजुरी

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।

नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८-९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।

मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गएको शनिबार (कात्तिक १) दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उपचारका क्रममा शुक्रबारै बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।

उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077