काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले ऋजष्चयउचबअतष्अ बलम ःबलगब ित्जभचबउथ ऋभलतचभ मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भसँगै बैंकका ग्राहकहरुले सुविधा पाउने भएका हुन् ।
‘सम्झौता पश्चात बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।’–विज्ञप्तिमा भनिएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।