Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा जननेत्र माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा जननेत्र माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउँपालिका, देउपुर, पर्वत जिल्लास्थित श्री जननेत्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।   

हाल १९१ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ असार १२ गते एक कार्यक्रमका बीच यस बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र विद्यालयका प्रधानाध्यापक  दिपक शर्मालाई संयुक्त रुपमा शैक्षिक सामग्रीहरु झोला, पेन्सिल, कपी, पेन लगायत र खेलकुद सामग्रीहरुका रुपमा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल, जेवलिन थ्रो लगायतका सामग्रीहरु हस्तान्तरण गरेका छन् । 

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनसँगै खेलकुद गतिविधिमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।   

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077