Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरी निरीक्षक सुभाष केसी बने 'पुलिस अफ द मन्थ'

प्रहरी निरीक्षक सुभाष केसी बने 'पुलिस अफ द मन्थ'

आइतवार , मंसिर ७, २०८२

विराटनगर । इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसी कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएमा छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अपहरणपछि हत्या गरेर शव गाडेको घटना अनुसन्धान गर्ने प्रहरी निरीक्षक केसीलाई कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको हो ।

गत ९ कात्तिकमा झापा अर्जुनधारा नगरपालिका-४ मा रहेको दहिझोडा सामुदायिक वनमा ३३ वर्षीय सरोज शर्माको हत्या भएको थियो ।

हत्यापछि आरोपीले उनकै गाडीमा राखेर हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलामा रहेको पुलमूनि लगेर शव गाडेका थिए । मेचीनगर(१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१(०३ च ७१९४ नम्बरको उनको कार जलेको अवस्थामा भेटिएको थियो ।

केसी नेतृत्वको टोलीले सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो।

त्यसपछि घटनाको अनुक्रमलाई टुक्राटुक्रामा विश्लेषण गर्दै केसीले टोलीसहित शंकितलाई नियन्त्रणमा लिए।

पक्राउ पर्नेमा शर्माकै साथी सुनिल साह र राहुल साह थिए । दसैंमा घर आएका शर्मासँग भएको पैसा लुट्ने बाहानामा उनीहरूले हत्या गरेको अनुसन्धानपछि खुलेको थियो ।

समाजमा शान्ति–सुरक्षा जोगाउनु र जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्याएको योगदानका कारण प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरीलाई हरेक महिना यो पुरस्कार प्रदान गर्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077