Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको 'उत्कृष्ट प्रहरी' घोषित

प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको 'उत्कृष्ट प्रहरी' घोषित

सोमवार , कार्तिक १७, २०८२

स्याङ्जा । प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट प्रहरी' (Best Police of the Month) घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एक वर्षदेखि अपराध अनुसन्धान शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका तिवारीलाई जिप्रका स्याङ्जाले आईतबार उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले प्रहरी निरीक्षक तिवारीले फैसला कार्यान्वयनदेखि विविध अपराध अनुसन्धानमा उच्च व्यावसायिकता र प्रतिबद्धता प्रदर्शन गर्दै आएको बताए ।

२०८२ असोज महिनामा तिवारीले नियन्त्रित लागूऔषधसहित २ जना व्यक्तिलाई पक्राउ, सुन चोरीमा संलग्न १ जना महिलालाई नियन्त्रण, फरार रहेका १३ जना दोषीलाई पक्राउ गरी १ वर्ष ७ महिना ४ दिन कैद र ११ लाख ७१ हजार २०७ रुपैयाँ जरिवाना असुल गर्न सफल भएका थिए ।

त्यस्तै, जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको थियो । साथै, नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा संलग्न १ वटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यी सबै कामको सफल नेतृत्व र समर्पणका कारण उनलाई “उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१” बमोजिम असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

May be an image of one or more people and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077