Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सर्वोच्चमा आगजनी: नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ

सर्वोच्चमा आगजनी: नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएको थियो ।

अदालतमा आगजनी भइरहेको एक भिडिओ सार्वजनिक भएको थियो। सोही समयमा उनले ‘अब सर्वोच्च अदालत जलाउनुपर्छ’ भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यसपछि सभापति ढुंगेल किन त्यहाँ गएका थिए भन्ने विषयमा अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गम्भीर अनुसन्धान गरेको थियो ।

उपलब्ध भिडियो फुटेजका आधारमा ढुंगेल पक्राउ परेका हुन् ।

सर्वोच्चले आगजनी गरेको घटनामाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ। उक्त जाहेरीका आधारमा प्रहरीले यसअघि ५ जनालाई पक्राउ गरिसकेको छ ।

उनीहरूमाथि  आपराधिक उपद्रभ मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077