Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वरिष्ठ सहसचिव अर्याल सचिवमा बढुवा सिफारिस

वरिष्ठ सहसचिव अर्याल सचिवमा बढुवा सिफारिस

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लगी एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको हो । अर्याल का.मु. प्रदेश प्रमुख सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा कार्यरत छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी मङ्सिर ९ गते अनिवार्य अवकाशमा गएसँगै सचिव पद रिक्त भएको थियो ।

रिक्त प्रशासन सेवाको सचिवमा ज्येष्ठताका आधारमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077