Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकी ब्याटर डू प्लेसिस काठमाडौंमा

दक्षिण अफ्रिकी ब्याटर डू प्लेसिस काठमाडौंमा

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस काठमाडौं आइपुगेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्नका लागि उनी नेपाल आएका हुन् ।

डू प्लेसिसलाई विराटनगर किंग्सले टिममा आबद्ध गरेको छ ।

सोमबार (मंसिर १५) काठमाडौं आइपुगेका डू प्लेसिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ ।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077