Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिवलाई धर्मको हेक्का राख्न प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिवलाई धर्मको हेक्का राख्न प्रधानमन्त्रीको निर्देशन

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्यसचिवमा मनोनित गरेको हो ।

प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले सदस्यसचिवमा नियुक्त श्रेष्ठलाई धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् ।

'तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो । धर्मको हेक्का राखेर काम गर्नुहोला,' कार्कीले भनिन्, 'तपाईंको अहिलेको कामले भविष्यमा तपाईंका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकुन् ।'

श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077