Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बहुविवाहको कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बहुविवाहको कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बुधवार , मंसिर २४, २०८२

नवलपरासी । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, डीएसपी नेपालविरुद्ध उनकी श्रीमतीले बहुविवाहको उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका डीएसपी नेपाललाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ।

बहुविवाहसम्बन्धी कसुरमा थप प्रमाण संकलन र अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077