Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज एलओडीमा 'एनपीएल नाइट' हुँदै

आज एलओडीमा 'एनपीएल नाइट' हुँदै

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । एलओडी क्लबमा आज 'एनपीएल नाइट' हुने भएको छ ।

ठमेलस्थित एलओडी क्लबमा 'नेपाल प्रिमियर लिग' को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।

एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ' एनपीएल' समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ । एनपीएलमा सहभागी सबै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ ।

हाम्रो मुलुकको लागि एनपीएल हुनु भनेको गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठूलो सहयोग भएको छ,' उनले भने ।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

यसअघि  क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेन्मेन्ट पार्टनर बन्न सक्ने उनले बताए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने गरेका थिए ।

खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको श्रेष्ठले बताए ।

मङ्सिर १  गतेबाट सुरू भएको खेल आजदेखि समापन हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077