Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ओली समूहमा विवाद, लेखराज भट्टले गरे सचिव पद अस्वीकार

ओली समूहमा विवाद, लेखराज भट्टले गरे सचिव पद अस्वीकार

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता लेखराज भट्टले ११औँ महाधिवेशनमा आफू पुनः सचिव पदको उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिवमा भट्टको नाम टुंगो लगाइएको भन्दै आएको विवरणप्रति असन्तुष्टि जनाउँदै उनले आफू उक्त पदमा प्रतिस्पर्धा नगर्ने बताएका हुन्।

भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव निर्वाचित भइसकेका नेता हुन्। एकपटक सचिव बनिसकेको अवस्थामा पुनः सोही पदमा नदोहोरिने उनको अडान छ।

'म सचिवमा लड्दै लड्दिनँ। म पहिलेकै सचिव हो,' भट्टले भने, 'मलाई अरू कुरा थाहा छैन।'

ओली समूहले पदाधिकारी टिम टुंग्याउने तयारी गरिरहेका बेला केही अनुहार दोहोरिने र सचिवमा महेश बस्नेतको नाम अघि सारिएको चर्चा चलिरहेका छन्।

तर, सचिवमा पुनः आफ्नो नाम जोडिएपछि भट्टले सार्वजनिक रूपमा असहमति जनाउँदै उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077