काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा एमाले परित्याग गर्दै स्वतन्त्र रहने घोषणा गरेका भट्ट आइतबार औपचारिक रूपमा रास्वपामा आबद्ध भएका हुन् ।
केही दिनदेखि नै उनको रास्वपामा प्रवेश गर्ने चर्चा चलिरहेको थियो । आइतबार गोकर्णले सामाजिक सञ्जालमार्फत रास्वपाको सदस्यता कार्ड सार्वजनिक गर्दै नयाँ राजनीतिक यात्राको सुरुआत गरेका छन् ।
गोकर्ण भट्टको राजनीतिक यात्रा एमालेभन्दा अघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट सुरु भएको थियो ।
पछिल्लो समय जेनजी आन्दोलनसँगै उनले एमाले परित्याग गर्दै स्वतन्त्र राजनीति गर्ने घोषणा गरेका थिए। अन्ततः उनले त्यो स्वतन्त्र यात्रालाई रास्वपाबाट अघि बढाउने निर्णय गरेका हुन् ।