Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुमारी बैंकमाथि एक्सनको तयारीमा राष्ट्र बैंक र सिआइबी !

कुमारी बैंकमाथि एक्सनको तयारीमा राष्ट्र बैंक र सिआइबी !

सोमवार , मंसिर २९, २०८२

काठमाडौ । कुमारी बैंकमा एकपछि अर्को बदमासी देखिएपछि नेपाल राष्ट्र बैंकले कारबाहीको तयारी गरेको छ । राष्ट्र बैंकले गरेको परिपत्र कार्यान्वयन नगरेको र खराब कर्जा अस्वभाविक रुपमा बढ्दै गएपछि छानबिन सुरु भएको हो ।

बैंकले आधिकारिक रुपमै खराब कर्जा ७ प्रतिशत देखाएको छ । वास्तविक खराब कर्जा १० प्रतिशत नाघिसकेको स्रोत बताउँछ । गत वर्षको तुलनामा खराब कर्जा दोब्बर भएको छ ।

कमिसनकाका लागि कमजोर परियोजनाहरुमा लगानी गरेका कारण खराब कर्जा बढेर बैंक धरासायी हुने अवस्थामा पुगेको छ । यस्ता खराब कर्जा लुकाउने गरेको गतिविधि समेत राष्ट्र बैंकको छानबिनले देखाएको छ।

केही व्यवसायिक कर्जाहरु अस्वभाविक देखिएपछि यसमा राष्ट्र बैंकले छानबिन थालेको हो । ‘गम्भीर खालको देखिएकामा सिआइबीलाई लेखेर पठाउछौं,’ राष्ट्र बैंकको सुपरिवेक्षण विभागका एक अधिकारीले भने ।

बैंकका अध्यक्ष अमिर प्रताप राणाको समूहले आफु अनुकुल व्यवस्थापन नियुक्त गरेर अनियमितता गर्दै आएको छ । सिइओ रामचन्द्र खनाललाई राष्ट्र बैंकले पटक पटक सचेत समेत गराउँदै आएको छ ।

खनालमाथि कर्मचारी विनियमावली, र प्रचलित कानुनलाई मिचेर केही कर्मचारीलाई गैरकानुनी रुपमा बढुवा गरेको आरोप लागेको छ ।

एक महिनाअघि मात्र पनि राष्ट्र बैंकले कुमारीलाई सुधारात्मक कारबाही गरेको थियो । कालोसूचीमा रहेका व्यक्ति,फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसमम आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक कुनै कारोबार गर्न नपाउने व्यवस्थाविरुद्ध कार्य गरेकोले राष्ट्र बैंकले कारबाही गरेको जनाएको हो।

कालोसूचीमा रहेका व्यक्ति तथा कम्पनीलाई पनि सो बैंकले कर्जा दिनुका साथै अन्य कारोबार गर्न अनुमति दिएको थियो । सो बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धि निर्देशन पनि लत्याउदै आएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077