Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भैरहवा विमानस्थलबाट कार्गोमार्फत् कतार पठाइँदै खगेन्द्र र रुद्रकली

भैरहवा विमानस्थलबाट कार्गोमार्फत् कतार पठाइँदै खगेन्द्र र रुद्रकली

सोमवार , मंसिर २९, २०८२

चितवन । नेपालले कतारलाई उपहार स्वरुप दिन लागेको दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको छ।

सौराहा स्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाइ गरिएको हो।

निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका छावालाई आगामी पुस २ गते रुपन्देहीको भैरहवा विमानस्थलबाट कार्गोमार्फत् कतार पठाइँदै छ।

त्यसभन्दा अगाडि सौराहामा एक कार्यक्रमको आयोजना गरी सोमबार हात्तीलाई बिदाइ गरिको हो।

बिदाइ कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रल्लाहद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतका पदाधिकारीको उपस्थित रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077