Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र गौमतले फिर्ता लिए उपमहासचिवको उम्मदेवारी

राजेन्द्र गौमतले फिर्ता लिए उपमहासचिवको उम्मदेवारी

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र प्रसाद गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि प्रचार विभाग प्रमुख समेत रहेका गौतमले जारी ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको गौतमले बताए ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी अन्तिम नामावलीमा गौतमको नाम यथावत् छ । मंगलबार बिहान उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जालमार्फत् गराउँदै उनले अध्यक्ष केपी शर्मा ओलीको समूहलाई मतदान गर्न पनि अपिल गरेका छन् ।

उनले यसपटक पार्टीले तय गरेको खुल्ला केन्द्रीय सदस्यमा आफूलाई जिताउन समेत अपिल गरेका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उमेदवारी दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077